काठमाडौं - साताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा झिनो गिरावट देखिएको छ । कारोबारको सुरु (प्रिओपन सेसन)मा ०.८८ प्रतिशतले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो ।
नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ३ अर्बको कारोबार भएको थियो भने आज उक्त रकम बराबरको कारोबा हुन सकेन । सेयरबजारमा गिरावट आउँदा जीवन विकास लघुवित्त वित्तीय संस्था कारोबार रकममा अब्बल देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेको छ । नेप्से ०.०७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने आज स्थिर रहेको छ ।