अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ

काठमाडौं । यस वर्षको हरितालिका तीजलाई लक्षित गरी सार्वजनिक गरिएको चर्चित तीज गीत ‘मलाई हुइक्यायो दिल्लीको बसैले’ले युट्युबमा १० लाखभन्दा बढी भ्युज पार गरेको छ।

गत साउन १६ गते ‘प्रकाश शर्मा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले छोटो समयमै १० लाखभन्दा बढी भ्युज र १० हजारभन्दा बढी लाइक्स पाएको हो। सार्वजनिक भएदेखि नै दर्शक तथा स्रोताको रोजाइमा परेको यो गीत अहिले युट्युबमा मात्र नभई टिकटक, इन्स्टाग्राम रिल्स र फेसबुक सर्ट्समा समेत व्यापक रूपमा भाइरल भइरहेको छ।

परदेशमा रहेका नेपालीको पारिवारिक यथार्थ र तीजको सांस्कृतिक उत्सवलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा लोकसंगीतकी चर्चित गायिका शान्तिश्री परियार र सर्जक गणेश अधिकारीको युगल स्वर रहेको छ। गीतका शब्द तथा लय सिर्जना गणेश अधिकारीले गरेका हुन्।

गीतको संगीत संयोजन पूर्ण सहयोगले गरेका छन् भने सञ्जय श्रीपालले मिक्सिङ गरेका छन्। आकर्षक संगीत र ठेट शब्दका कारण गीतले सार्वजनिक भएदेखि नै दर्शकको ध्यान खिच्न सफल भएको छ।

गीतको भिडियोमा निर्देशक विष्णु भट्टराईको निर्देशन, कोरियोग्राफी, छायांकन तथा सम्पादन रहेको छ। भिडियोमा प्रकाश शर्मा, दीपा विश्वकर्मा, रबिन्द्र सुनार र पुष्पा थापालगायत कलाकारको अभिनय तथा नृत्य देख्न सकिन्छ।

गीतले १० लाख भ्युज पार गरेपछि प्रस्तोता तथा मोडल प्रकाश शर्माले दर्शक तथा स्रोताबाट सोचेभन्दा धेरै माया पाएको बताएका छन्।

‘तीजको अवसरमा दर्शकलाई शुद्ध र मौलिक मनोरञ्जन दिने उद्देश्यले गीत तयार गरेका थियौँ। तर दर्शक तथा स्रोताबाट सोचेभन्दा धेरै माया र साथ पायौँ। गीतलाई १० लाखभन्दा बढी पटक हेर्नुका साथै टिकटकमा समेत भाइरल बनाइदिनुभएकोमा सम्पूर्ण दर्शक, स्रोता, सञ्चारकर्मी तथा हाम्रो टिमप्रति हृदयदेखि नै आभारी छु,’ शर्माले भने।

यस गीतको प्रायोजन नमस्ते मनकामना टुर एन्ड ट्राभल्स र मनकामना टुर एन्ड ट्राभल्सले गरेका छन्। म्युजिक भिडियो निर्माणमा व्यवस्थापक तथा निर्माता रामप्रसाद धमला र विमल पाण्डेको महत्वपूर्ण भूमिका रहेको निर्माण पक्षले जनाएको छ।

गीतलाई डिजिटल प्लेटफर्ममा पुर्‍याउन तथा प्राविधिक व्यवस्थापनमा आईटी तथा अडियो डिस्ट्रिब्युटर एवं प्राविधिक सल्लाहकार चक्र बुढा मगरको महत्वपूर्ण भूमिका रहेको छ।

अहिले गाउँदेखि सहरसम्म तथा विदेशमा रहेका नेपालीमाझ समेत यो गीतमा टिकटक, रिल्स र सर्ट भिडियो बनाउने क्रम बढेको छ। आकर्षक नृत्यात्मक बिट र ठेट शब्दका कारण ‘मलाई हुइक्यायो दिल्लीको बसैले’ यस वर्षको तीजमा दर खाने कार्यक्रमदेखि विभिन्न सांगीतिक कार्यक्रममा समेत धेरै बज्ने र नाचिने गीतमध्ये एक बनेको निर्माण पक्षको दाबी छ।

तीजको माहोलसँगै सामाजिक सञ्जालमा समेत गीतले पाएको लोकप्रियताले कलाकार तथा निर्माण टिम उत्साहित बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय