गगन थापा पनि पुगे सिटौलासँग आशिर्वाद लिन

काठमाण्डौ । केहि दिन अघि आर्शिवाद लिन सिटौला निवास महामन्त्री विश्व प्रकास शर्मा पुगेका थिए भने आज अर्का महामन्त्री गगन थापा पनि सिटौला निवास पुगेका छन । 


पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन् । कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए ।

महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए ।

प्रतिक्रिया