अधिक तरलता बीच केन्द्रीय बैंकको ५० अर्ब निक्षेप संकलन गर्ने

 


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा केन्द्रीय बैंकले बोलकबोल प्रक्रिया मार्फत निक्षेप संकलन गर्ने तयारी गरेको हो। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलनका लागि पेश गरिने ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने संस्थालाई प्राथमिकता दिइने र आह्वान गरिएको रकम पुगेसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको ब्याजदर बोलकबोल विधिमार्फत नै निर्धारण हुनेछ। आज हुने बोलकबोलका लागि राखिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ माघ १८ गते तोकिएको छ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम रकम ५ करोड अंकले भाग जाँदा निःशेष रहने गरी प्रस्ताव गर्न सक्ने व्यवस्था गरिएको छ।

बजारमा हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। बढ्दो तरलता र ब्याजदर व्यवस्थापनका उद्देश्यले केन्द्रीय बैंकले केही समयदेखि स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता तान्ने कार्य निरन्तर गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय