काठमाडौं–सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर गरेको छ। विभागले जिल्ला अदालत काठमाडौँमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो।
चलाउनेले २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ।
अभियोगमा खरिदको कुल मूल्यसमेत गर्दा हुन आउने १ अर्ब ४५ करोड ५४ लाख ३ हजार ९४८ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला १ लाख १२ हजार ५०० का दरले हुन आउने ५८ करोड ५६ लाख ९ हजार ५६८ बराबर रहेको छ।
विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा ३ करोड ५२ लाख गरी कुल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।