काठमाडौं – राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट एकल उम्मेदवारी परेपछि उनी निर्विरोध बनेकी हुन्।
न्यौपानेले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवारी दर्ता गरेकी थिइन्। संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन्। अब भोलि दिउँसो ३ बजे बस्ने समितिको बैठकले उनको निर्विरोध निर्वाचन घोषणा गर्नेछ।