बजारमा शतकको पहिरो,कारोबार रकम भने उत्साहजनक

काठमाण्डौ । साताको दोस्रो दिन बजार मापक सूचक नेप्से शतक हाराहारीमा घटेर बजार बन्द भएको छ । नेप्से घटे पनि कारोबार रकम भने ९ अर्ब हाराहारी पुगेको छ । 

चुनाव समयमै नहुने भएपछि बजार घटेको धेरैको बुझाई । आज बजार सय अङ्कले घटेर समग्र बजार २८२० विन्दुमा आएको छ । आज नेप्सेमा २२८ कम्पनीहरूको ८ अर्ब ८८ करोड बराबरको शेयर खरिद बिक्री भएको छ । 

कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य घट्दा २ कम्पनीहरूको शेयर मूल्यमा भने सर्किट लागेको छ । आज सबै उपसूचकमा पहिरो जाँदा अपि पावरको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय