बैंकमा जागिर खाने तयारीमा हुनुहुन्छ ? एनआइसी एसियाले माग्यो कर्मचारी

काठमाडौं - के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ?

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट  www.nicasiabank.com/current-vacancies वा दिइएको QR Scan गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया

//