आज शेयर बजार खुल्छ की खुल्दैन ?

काठमाडौं - सरकारले आउँदो आज उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । उधौली पर्वको अवसरमा सरकारले बिदा दिन लागेको हो । साथै यो पर्व मान्ने देशभरका समुदायलाई समेत बिदा दिने निर्णय गरेको छ । 

देशै भरी सार्वजनिक बिदा नभएपनि उपत्यकामा सार्वजनिक बिदा हुँदा शेयरबजार खुल्दैन । त्यसैले आउँदो आईतबार बजार बन्द हुने भएको छ । 

आर्थिक सन्देश सँगको कुराकानीमा समेत नेप्सेले आज बजार बन्द रहने जानकारी दिएको छ । यस अघि पनि उपत्यकाका सार्वजनिक बिदा हुँदा शेयर बजार बन्द हुने गरेको थियो । बिहीबार बन्द भएको बजार अब सोमबार मात्र खुल्ने छ ।

 

 

प्रतिक्रिया