भीमोदय मावि एसईई परिक्षामा नगरकै उत्कृष्ट

कालिका - एसईई परीक्षामा कालिका नगरपालिका क्षेत्रका ६ वटा सामुदायिक विद्यालयका ९४ दशमल ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यो वर्ष ४ सय ४९ जना विद्यार्थीले परीक्षा दिएका थिए । ति मध्ये ४ सय २५ जना विद्यार्थी उतिर्ण भएको कालिका नगरपालिका अन्तर्गत शिक्षा शाखाले जनाएको छ ।

यो वर्षको एसईई परीक्षामा नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये भीमोदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट अंक ल्याउन सफल भएको छ । १ सय ५३ जनाले परीक्षा दिएका मध्ये २ जना मात्रै अनुतीर्ण भएका छन् । परीक्षा दिएकाहरु मध्ये सबैभन्दा धेरै जीपीए ल्याउने तीनजना विद्यार्थीहरु छन् । सम्पूर्ण चालिसे, दिवाकर घिमिरे र सन्देश घिमिरेले (बराबरी) ३. ६५ जीपीए ल्याए ।

यस्तै पृथ्वी माध्यमिक विद्यालयका १ सय ३८ जनाले परीक्षा दिएका थिए । ति मध्ये १ सय ३५ जना उतिर्ण भएको छन् । एकजना विद्यार्थी सक्षम बोगटीले ३.६५ जीपीए ल्याए । यस्तै चतुर्मुखी माध्यमिक विद्यालयका ९२ जनाले परीक्षा दिएका थिए । जस मध्ये ८७ जना उर्तिण भएका छन् । यो स्कुलवाट सबैभन्दा धेरै जीपीए ल्याउने विद्यार्थीमा रक्षा मरहट्टा रहेकी छिन् । उनले ३.४० जीपीए ल्याएकी छिन् ।

यस्तै माध्यमिक विद्यालय रेडक्रसग्रामका २९ जना विद्यार्थीले परीक्षा दिएका थिए । जस मध्ये २५ जना उर्तिण भएका छन् । पो स्कुलबाट सबैभन्दा धेरै जीपीए ल्याउने विद्यार्थीमा मनिसा कामी रहेकी छिन् । उनले २.८५ जीपीए ल्याइन । यस्तै जमुनापुर माध्यमिक विद्यालयबाट १९ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये १२ जना उर्तिण भएका छन् । यो स्कुलबाट धेरै जीपीए ल्याउनेमा अनिस धिताल रहेका छन् । उनले २.७५ जीपीए ल्याए । यस्तै माध्यमिक विद्यालय मझवाङबाट १८ जनाले परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये १५ जना उर्तिण भएका छन् । यो स्कुलबाट धेरै जीपीए ल्याउनेमा शर्मीला चेपाङ रहेकी छिन् । उनले २.५५ जीपीए ल्याइन ।

यो वर्षको परीक्षामा २.० देखि २.४० जीपीए अंक ल्याउने विद्यार्थी धेरै रहेका छन् । कुल ४ सय २५ जना विद्यार्थीमा १ सय ४० जनाले २.० देखि २.४० जीपीए ल्याएका छन्

प्रतिक्रिया