बागमतीका उद्योगमा ७२ अर्ब पुँजी लगानी प्रस्ताव


काठमाडौं–बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१÷०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। बैंकले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२’ अनुसार सो अवधिमा ५४३ वटा नयाँ उद्योग दर्ता भएका छन्। यी उद्योगहरूले ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजी प्रस्ताव गरेका छन् भने करिब २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।


प्रतिवेदन अनुसार बागमती प्रदेशका काठमाडौँ जिल्लामा सर्वाधिक ३४० वटा उद्योग दर्ता भएका छन्। ती उद्योगहरूले १५ हजार ८५८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्। त्यस्तै, भक्तपुरमा ८३, ललितपुरमा ७४ र मकवानपुरमा १४ वटा उद्योग दर्ता भएका छन्।  प्रदेशका अधिकांश उद्योगहरू काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) सहित चितवन र मकवानपुरमा केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ।


बागमती प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका सामग्री, जीवजन्तुको आहार, ऊन र सुतिका तयारी पोसाक, गलैंचा, पश्मिना, फेल्टका सजावटी सामग्री, साथै चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू रहेका छन्। राष्ट्र बैंकले यो प्रवृत्तिले बागमती प्रदेशको औद्योगिक क्षेत्रमा सकारात्मक गति देखाएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय