नागरिक उन्मुक्तिमा औपचारिक विभाजन

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वविरुद्धको समूहले राष्ट्रिय भेला आयोजना गर्दै श्रेष्ठलाई अध्यक्ष पदबाट हटाई पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको छ।

 

भेलाबाट रञ्जिता श्रेष्ठका पतिसमेत रहेका संरक्षक रेशम चौधरीका बुबा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष घोषणा गरिएको छ। अध्यक्षमा चयन भएपछि लालवीर चौधरीले पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउन यो निर्णय गरिएको बताए। उनले पार्टी कमिटीको सुझाव अनुसार निर्णय लिएको र अबको मार्ग पनि छलफलमै तय गरिने बताए।

 

चौधरीले करिब डेढ वर्षदेखि पार्टी बैठक नबसेको उल्लेख गर्दै, यो अवस्था समाधान गर्न आफूहरूले कदम चालेको जनाए। "हामीले उहाँ (रञ्जिता श्रेष्ठ) लाई टाढा राखेका होइनौँ। उहाँलाई आफ्ना कुरा राख्न यहाँ बोलाएका थियौं। तर यो निर्णय पार्टीलाई निकास दिन आवश्यक थियो," उनले भने।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय