एमसीसीले जलविद्युतमा लगानीकर्ता आकर्षित तर नेप्से भने घट्यो 

काठमाण्डौ । सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ७।७३ अंकले ओरालो लाग्दा कारोबार रकम घटेको छ ।

यसदिन २६ सय ५३ दशमलव ७० विन्दुमा बन्द हुदाँ ३ अर्ब २७ करोड बराबरको सेयर कारोबार भयो । बिहिबार दोहोरो अंकले घटेको बजार साताको पहिलो दिन आइतबार पनि घटेको हो ।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ । सेन्सेटिभ इण्डेक्स ०।७३ अंकले घटेर ५०६।८४ पुगेको छ । यसदिन २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रकमको कारोबार भएको हो ।

जुन गत साता बिहिबार ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन कारोबारमा आएका १३ वटा समुहको सूचक मध्ये ११ वटा घटेको छ भने हाइड्रो समुह र अन्य समुहको सुचक बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय