काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से करिव ६ अंकले घटेर समग्र बजार २४५० विन्दुमा आएको छ । यो हप्ता लगानीकर्ताको लागि त्यति सुखद हुन सकेन । आज नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्व ६७ करोडमा आएको छ ।
आज कारोबार भएका २३१ कम्पनीहरुमा ७२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ११ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । हिमालयन डिष्टीलरीको सबै भन्दा धेरे कारोबार हुँदा सिर्नजी पावरको शेयर मूल्य सबै भन्दा धेरैले बढेको छ ।