काठमाडौं । बैंकमा देखिको ब्याजदर प्रति अर्थमन्त्रीले चासो देखाउनु भएको छ । ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेको अवस्थामा यसलाई सुधार गर्नु पर्ने उहाँको भनाई छ ।
चालु आर्थिक वर्ष ०७८र७९ को दोस्रो त्रैमासिक कार्यक्रममा पनि अर्थमन्त्री शर्माले बैंकको बढ्दो ब्याजदरप्रति चिन्ता प्रकट गर्दै उहाँले भन्नु भयो, ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दियोस् ।’
अर्थमन्त्री जनादर्न शर्माले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिएका थिए । ‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम र बिनियम संशोधन गरेर कार्य प्रकृति अनुकुल बनाउनस्’ उनले भने ।
समिक्षा कार्यक्रममा राष्ट्र बैंकले मूल्यवृद्धिको वार्षिक लक्ष्य ६।५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५।९७ प्रतिशत रही वाञ्छित सीमा भित्रै रहेको जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले सल्लाह दिएका छन् ।