ग्लोबल आइएमई बैंकको नाफामा ३७% वृद्धि, EPS पनि सुधार

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३७।१२ प्रतिशतले खुद नाफा बढाएको छ।

यो वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ३० करोड रुपैयाँ नाफाको तुलनामा उल्लेखनीय वृद्धि हो।

बैंकको नाफा मुख्यतः इम्पेरमेन्ट चार्ज घटेका कारण बढेको हो, यद्यपि खुद ब्याज आम्दानी भने केही घटेको देखिएको छ। बैंकले इम्पेरमेन्ट चार्जलाई गत वर्षको ५ अर्ब २६ करोड बाट घटाएर यस त्रैमासमा ३ अर्ब ११ करोड मा सीमित गरेको छ।

प्रतिशेयर आम्दानी ९भ्एक्० पनि ३ रुपैयाँ ६६ पैसा ले बढ्दै १५ रुपैयाँ ८६ पैसा पुगेको छ। वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा पुगेको छ।

बैंकको मूल्य(आम्दानी अनुपात ९एरभ् चबतष्य० १३।७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ।

 

विवरण चालु वर्ष (2081/82) अघिल्लो वर्ष (2080/81) प्रतिशत परिवर्तन
खुद नाफा ४ अर्ब ५३.४० करोड ३ अर्ब ३० करोड +३७.१२%
खुद ब्याज आम्दानी घटेको (५.४६% ले) - -
खुद फि तथा कमिशन आम्दानी वृद्धि (१७.३०% ले) - -
कुल सञ्चालन आम्दानी घटेको (०.६१% ले) - -
सञ्चालन मुनाफा वृद्धि (३४.४१% ले) - -
इम्पेरमेन्ट चार्ज ३ अर्ब ११ करोड ५ अर्ब २६ करोड -४०.८९%
प्रतिशेयर आम्दानी (EPS) १५.८६ रुपैयाँ १२.२० रुपैयाँ (अनुमान) +३.६६ रुपैयाँ
वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड - -
वितरणयोग्य EPS १२.०४ रुपैयाँ - -
P/E अनुपात १३.७९ गुणा - -
प्रतिशेयर नेटवर्थ १७३.४७ रुपैयाँ - -
चुक्ता पूँजी ३८ अर्ब ११.५८ करोड - -
जगेडा कोष २८ अर्ब २० लाख - -
कुल निक्षेप ५ खर्ब १७.६६ अर्ब - -
कर्जा लगानी ४ खर्ब १३.२८ अर्ब - -

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय