काठमाडौँ - नेपालमा रहेका २७ बैंकहरुमा २६ कम्पनीहरुले आफ्नो गत अर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गरिसकेका छन् । एक बैंक भने नेप्सेमा सूचीकृत छैन ।
लाभांश घोषणा गर्ने बैंककहरुमध्ये नविलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ भने नेपाल एबिआई बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ हो ।
नबिलले बोनस र लाभांश गरि कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ भने एबिआईले ५ दशमलव ३१ प्रतिशत लाभांश वितरण गरेको छ ।
त्यसैगरी हिमालयन बैंकले २६, कृषि विकास बैंकले २१.९५२६, सानिमाले १७.८९४७, नेपाल बैंकले १७, नेपाल इन्भेष्टिमेन्ट र सिटिजन्सले १६, प्राइम कमर्सियलले १६.६३१३, एनआईसी एसियाले १५.७८९५, एनएमबिले १५.५, सिद्धार्थले १५, माछापुच्छ्रे बैंक अफ काठमाडौँले १४, ग्लोबल आईएमईले १३.५, स्टान्डर्ड चाटर्डले १३.०६, प्रभुले १२.६३, मेगा १२.७, लक्ष्मी बैंक ११.५, एभरेष्ट बैंक १०.२५, कुमारी बैंक ८.६७, एनसीसी बैंक ८.४२ र सनराइजले ७ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।
त्यसैगरी सेञ्चुरी बैकले ६.०५ प्रतिशत र सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।