काठमाडौं - पुँजीबजार सुधारका नाममा २ महिनाअघि मात्रै गठित ‘पुँजी बजार सुधार संघ’ नामक संगठनकै पदाधिकारीबीच आरोप–प्रत्यारोप चल्दा भाँडभैलो भएको छ।
केही समयअघि मात्रै उपाध्यक्ष बिनायक शिवाकोटीको समूहले गम्भीर नैतिक विचलनको आरोप लगाउँदै संघको अध्यक्षबाट डिल्लीश्वर कार्की (रोहन) बर्खास्त गरी नयाँ कमिटी गठन गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसको केही घन्टा बित्न नपाउँदै अध्यक्ष कार्कीको समूहले अर्को विज्ञप्ति जारी गर्दै संघको लेटरप्याड र छाप दुरुपयोग गरी अध्यक्ष कार्कीले बर्खास्त गरिएको भनी जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा संघका उपाध्यक्ष विनायक शिवाकोटी, कोषाध्यक्ष सुशिलकुमार लुनिया, सहसचिव शिरिष आचार्यलगायत केही सदस्यहरुलाई पहिले नै संगठनले कारबाही गरी निलम्बन गरिसकेको जानकारी गराएको छ।
लगानीकर्ताको हक हितका लागि काम गर्ने उद्देश्यका साथ गठन भएको स्वतन्त्र पूँजी बजार सुधार संघका संयोजक बर्खास्त दिल्लेश्वर कार्की ( रोहन ) लाइ बर्खास्त गरिएको थियो ।
संस्थाको भावना विपरीत काम गरेको आरोपमा उनलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्तिक १३ गते बसेको संस्थाको बैठकले यो निर्णय गरेको थियो।
उनीविरुद्ध संस्थाको भावना र लगानीकर्ताको चाहना विपरित काम गरेको आरोप लागेको छ ।