डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं – नेपाली दर्शकका लागि सुखद खबर छ। नेपालको अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमको रमाइलो टिभी च्यानलले ऐतिहासिक तथा धार्मिक टेलिभिजन श्रृंखला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ।

रामानन्द सागरद्वारा निर्मित यो चर्चित श्रृंखला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे रमाइलो टिभीमा प्रसारण हुनेछ।

‘रामायण’ श्रृंखला मूलतः हिन्दू धर्मग्रन्थ रामायणमा आधारित हो, जसले भगवान रामको जीवनयात्रा र आदर्शलाई दर्शाउँछ। सन् १९८७–८८ मा पहिलोपटक भारतको डीडी नेसनल च्यानलमा प्रसारित यो श्रृंखला त्यतिबेला नै भारतको इतिहासमै सबैभन्दा धेरै दर्शक संख्या भएको टेलिश्रृंखलामा गनिन्थ्यो।

बीबीसीका अनुसार, यो श्रृंखलालाई ६५ करोडभन्दा बढीले हेरेका थिए, र यो २० भन्दा बढी देशका च्यानलहरूमा पनि प्रसारित भइसकेको छ। कोरोना महामारीको बेला सन् २०२० मा पुनः प्रशारण गर्दा, यसले एकै दिनमा ७.७ करोड दर्शकको कीर्तिमान राखेको थियो।

डिशहोमले आफ्ना ग्राहकलाई नेपाली भाषामा नै यो श्रृंखला उपलब्ध गराउँदै रमाइलो टिभीलाई अझै आकर्षक बनाएको छ। रमाइलो टिभी हाल डिशहोमका ग्राहकहरूका लागि मात्र उपलब्ध छ।

डिशहोमले नेपाली दर्शकलाई मनोरञ्जनसहित विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र विशेष कार्यक्रमहरूसमेत उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय