काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन, एक जनाको मृत्यु

काठमाडौं - काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै महर्जनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको हो।

शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादी समूहले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनलाई नियन्त्रण गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपका क्रममा महर्जन घाइते भएका थिए, भने १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारीसमेत घाइते भएका छन्।

गृह मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घटनापछि सुरक्षा निकायले प्रदर्शनस्थल वरपर सुरक्षा व्यवस्था कडा बनाएको छ। झडप किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय