लगातार बढिरहेको बजारमा बुधबार ब्रेक,कारोबार रकममा भने सुधार

काठमाण्डौ । निरन्तर उकालो लागिरहेको बजारमा बुधबार पनि ब्र्रेक लागेको छ । आज नेप्से परिसुचक ३० अंक भन्दा धेरैले घटेर समग्र बजार २६४९ अंकमा आएको छ । 

नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । २३६ कम्पनीहरुको ४ अर्व ६२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ५२ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आईतबार किनको शेयर विक्री हावी हुँदा आज नेप्सेमा करेक्सन आएको धेरैको बुझाइ छ । शेयर बजारमा नजिकबाट विलेष्ण गर्ने निर पाण्डेले आजको विन्दु भनेको नेप्सेको सेन्टर विन्दुमा आएको र गती टुटेर अप वार्ड तर्फ लागेको साथै बजारमा यस्तो करेक्सनलाई सामान्य रुपमा लिनु पर्ने बताउनु हुन्छ । 

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १६ करोड ७४ लाख, अपर तामाकोशीको १४ करोड ३५ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड र एचआईडिसीएलको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक घटेका छन्। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.४९ प्रतिशत र वित्त उपसमूहका परिसूचक ०.१० प्रतिशत बढेको छ। यस दिन लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, विकास बैंक, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय