बिर्सनु होला नी ! जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज ४ बजे सम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । 

यस अघिनै आवेदन भन्दा अत्यधिक बढी आवेदन परिसकेको छ । अब भाग्य हुनेहरूले मात्र शेयर पाउने छन । 

कम्पनीले माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते सम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ८००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २६,१०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ४,८७,९०० कित्ता सर्वसाधारण नेपालीलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५,२२० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीमा पनि शेयरमा पनि माग भन्दा धेरै गुणा आवेदन पर्ने निश्चित छ केबल दश कित्ता आवेदन दिए पुग्ने देखिन्छ । यो कम्पनीको अवस्था राम्रो रहेको हुँदा आइपीओ पर्नेहरुले प्रति कित्ता १ हजार भन्दा धेरै मूल्य पाउन सक्ने अनुमान गर्न सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय