काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से ७१ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५९१ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेर ५ अर्व माथि पुगेको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियाली छाए पनि जलविद्युत र फाइनान्स उपसूचक घटेको छ । आज दिनै भरिमा २३१ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ जसमा १३२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ भने एक दर्जन हाराहारी कम्पनीको सर्किट लेवलमा कारोबार भएको छ । आज मूल्य बढ्नेमा अधिकांस वीमा समूहका कम्पनीहरु रहेका छन । यो उपसूचक १३ भन्दा धेरैले बढेको छ ।