साताको अन्तिम दिन अर्धसतकले घट्यो बजार,कारोबार रकम भने ३ अर्वमाथि

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से ४९ अंकले घटेर समग्र बजार २५८४ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेर ३ अर्व ४१ करोड माथि पुगेको छ । 

आज दिनैभरिमा २३१ कम्पनीहरुको शेयर बजारमा कारोबा भएकोमा २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट सहित ११ कम्पीहरुको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीहरुको शेयर मूल्य घटेको छ त्यस्तै १ कम्पनीको मात्र शेयर मूल्य यथावत रहेको छ । 

यो हप्ता शेयर बजारको लागि खासै राम्रो हुन सकेन कारोबार दिनहरुमा एक दिन मात्र नेप्से सामान्य बढेको थियो भने बाँकी दिन नेप्सेमा गिरावट आएको थियो । महालक्ष्मी विकास बैकको शेयर सबै भन्दा धेरै कारोबार हुँदा वीमा समूहको उपसूचक सबै भन्दा धेरै घटेको छ साथै आज नेप्सको सम्पुर्ण सूचकमा रातो पोतिएको छ । 
आज कर्पोरेट डेव्लपमेन्ड बैंको शेयर सबै भन्दा धेरै कारोबार हुँदा सामालिङ पावर कम्पनीको र न्यादी पावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । 

प्रतिक्रिया