राजेन्द्र लिङ्देनको राम्रो सुरुवात - माला, खादाको तामझाम नगर्नु

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरुमा सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई सर्कुलर गरेका छन् ।

आइतबार एक निर्देशनमार्फत पार्टीका कार्यक्रममा माला, खादा लगायतका तामझाम नगर्न निर्देशन दिएका हुन् । देशका ७७ जिल्ला कार्यसमितिलाई निर्देशन पत्र पठाइएको छ ।

राप्रपा महामन्त्री  भुवन पाठकले जारी गरेको निर्देशन पत्र अनुसार पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरु जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको छ । 

 

प्रतिक्रिया