अबको हप्ता नेप्से ३२ माथि पुग्ने अनुमान,लगानीकर्ताको मनोबल उच्च

काठमाडौं - शेयर बजार लगानीकर्ताको लागि यो साता सुखद रह्यो ।   करिब २ महिना अवधिमा झन्डै ७ सय अंकले घटेको  बजार यो साता राम्रै सँग उकालो लागेको छ । 

राष्ट्र बैंकको मौद्रिक नीति र त्यसको प्रभावले बजार घटेको धेरैको अनुमान छन् । यसमा पनि विशेष भूमिका भने शेयर धितो कर्जा भएको केहीको अनुमान छ । 

सेयर बजारमा उतारचढावहरु आइरन्छन् । यो बजारको स्वभाविक प्रक्रिया पनि हो । आम लगानीकर्ताले जोखिम बहन क्षमतालाई ख्याल गर्दै अघि बढ्नुपर्ने विज्ञहरुको भनाई रहेको छ । यसअघि केन्द्रीय बैंकले ब्याजदरमा सर्किट लगाइदिएपछि बजारको फ्रि फल रोकिएको हो । आगामी दिनको बजारलाई पनि ब्याजदर र तरलता, कम्पनीहरुको नाफा अनि लाभांशले नै डोर्याउने अनुमान गरिएको छ । 

बजार वृद्धिकै क्रममा रहेको, सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको अनि लाभांश र कम्पनीहरुको प्रथम त्रैमासिक रिपोर्ट आउनेक्रम समेत सुरु भएकाले नेप्सेको औसत यात्राा माथितिरै हुने विश्लेषणहरु भइरहेका छन् ।  प्राविधिक विश्लेषकहरुले पनि बुलिस प्रवृत्ति देखिएको बताएका छन् । सामान्य करेक्सनहरुका बाबजुत समग्रमा नेप्सेले माथितिरकै यात्रामा तय गर्ने अनुमानहरु भइरहेका छन् । 

यो साता लगातार नेप्से उकालो लागेका कारण धेरैले अब बजार पछि नफर्किने अनुमान गरेका छन् । धेरैले अब तिहार अघिनै ३ हजारको विन्दु पार गर्ने अनुमान समेत छ । 

कारोबार रकम सँगै विभिन्न प्रभाव पनि सकिँदै गएको बताउँदै जानकारहरुले बजार बढ्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया