काठमाण्डौ । शेयर बजारमा ब्यापक उतार चढाव आइरहेको छ । आइतबार मात्र सय अङ्कले घटेको बजारले लगानीकर्तालाई अन्योलमा पुराएको छ । विशेष गरि बजार ठुलो अङ्कले घट्दा नयाँ लगानीकर्ताहरू आत्तिने गरेको देखिन्छ ।
यसै बीच शेयर बजारलाई नजिकबाट नियालिरहेका विश्लेषक तथा लगानीकर्ता नवराज दाहालले यो समय शेयर किन्ने बेला भएको बताएका छन । दीर्घकाल सम्म शेयर बजारमा टिकिरहने सोच भएका लगानीकर्ताहरूको लागि यो किन्ने उत्तम समय रहेको उहाँको भनाई छ ।
मुटु कमजोर हुने बजारको बारेमा गलत भ्रम छर्ने पनौतीहरुको लागि अहिले बेच्ने मौका हो है सबै बेचेर बजार बाट निस्किए हुन्छ, उहाँको भनाई छ ।