काठमाण्डौ । साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा समेत १५ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ ।
कारोबारमा आएका ५७ मध्ये ४९ कम्पनीको मूल्य बढेको छ । यसदिन ५ कम्पनीको स्थीर रहेको छ भने ३ कम्पनीको घटेको छ ।
यस अवधिमा ५७ कम्पनीका १६ हजार ६६७ कित्ता शेयर १ करोड २१ लाख ५८ हजार ८७३ रुपैयाँको कारोबार भएको छ । आइतबार पनि नेप्से ७१ अंकले बढेर बजार बन्द भएको थियो ।
मौद्रिक नितिपछि नेपाली शेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो । १२ करोड शेयर धितो कर्जाका कारण शेयर बजारमा असर देखिए पछि अर्थमन्त्रालयले समेत यो विषयमा चासो ब्यक्त गरेको थियो ।