नेप्से घट्नेक्रम नरोकिएपछि लगानीकर्ता चिन्तित,नेपाल लाइफ इन्स्युरेन्स कारोबारमा अब्बल 

काठमाण्डौनेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । गत बुधबार पनि दोहोरो अङ्कले बढेर बन्द भएको बजार साताको पहिलो दिन आइतबार पनि दोहोरो अङ्कले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । 

आइतबार नेप्से १४ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१६ विन्दुमा आएको छ । आज २२४ कम्पनीहरूको २ अर्ब २७ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । आज कारोबार भएका मध्य २ कम्पनीको शेयर मूल्यमा सर्किट लागको छ । 

४६ कम्पनीको  शेयर मूल्य बढेर कारोबार हुँदा १४१ कम्पनीको शेयर मूल्य भने घटेको त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ । नेपाल लाइफ कारोबारमा अब्बल रहँदा लगानी उपसूचक बाहेक अन्य सबै उपसूचक रातै भएको छ । बीमा समूहको उपसूचक सबै भन्दा धेरै घट्दा अन्य सूचकहरू पनि रातै भएका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय