स्वास्थ्य बीमामा नयाँ सुविधा: अब आफ्नै ठाउँबाट सेवा सुरु गर्न सकिने

काठमाडौं – अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसोबास गरिरहेको स्थानमै प्रथम सेवा बिन्दु कायम गरी स्वास्थ्य सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रीपरिषद्को बुधबारको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गरी उक्त व्यवस्था स्वीकृत गरेको हो।

यसअघि बीमा गराएको स्थानबाट अन्यत्र गएकाले स्वास्थ्य सेवा लिन समस्या हुने गुनासो बढिरहेका बेला मन्त्री पौडेलले सो समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। अब नागरिकले जहाँ छन्, त्यहीँबाट बीमाको सेवा प्रारम्भ गर्न सक्नेछन्।

'स्वास्थ्य बीमामा आम नागरिकको पहुँच विस्तार गर्न नियमावली संशोधन अपरिहार्य थियो,' मन्त्री पौडेलले बताए, 'यसले बीमालाई थप व्यवहारिक र जनमैत्री बनाउनेछ।'

यस व्यवस्थाले रेफरल सेवा लिन बीमा गराएको स्थानमै फर्किनुपर्ने बाध्यता हट्नेछ। धेरै बीमित नागरिकले यस्तो व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए।

संशोधनअनुसार अब सबै तहका स्थानीय निकायहरूमा प्रथम सेवा बिन्दु स्थापना गरिनेछ। हालसम्म स्वास्थ्य बीमा सबै तहमा पुगे पनि पहिलो सेवा दिने बिन्दु भने सधैं उपलब्ध थिएनन्। अब त्यो समस्या अन्त्य हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय