निफ्राको शेयर मूल्य फेरि ७ सयमाथि पुग्न सक्छ ?

काठमाडौं - सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंकको लगातार शेयर मूल्य उकालो लागिरहेको छ । 

अत्यधिक शेयर भएका कारण अरु stock बढ्दा पनि खासै मूल्यमा चाम आउन नसकेको सो कम्पनीको शेयरमा बुधबार र बिहीबार भने बढेको छ । 

बुधबार नेप्से घट्दा पनि यो कम्पनी शेयर मूल्यमा सर्किट लागेको थियो भने बिहीबार पनि ५.३६ अंकले बढेको छ । 

शेयर मूल्य बढेसँगै यो कम्पनीको सबैभन्दा धेरै कारोबार समेत हुँदै आइरहेको छ । आखिर लगानीकर्ताले के कुरा थाहा पाए जसले यो कम्पनीको शेयरमा आकर्षण बढेको छ ? 

पश्चिम नेपालका परियोजनाहरुबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन आवश्यक पूर्वाधार(ट्रान्समिसन लाइन) निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले भारतको सबैभन्दा ठूलो उर्जा कम्पनी अडानी ट्रान्समिसन कम्पनीसँग सम्झौता गरेको छ।सम्झौता लगत्तै अडानी पावरका दुई वरिष्ठ अधिकारीहरुले चार दिनअघि नेपालका उच्च अधिकारीहरुसँग काठमाडौंमा भेट गरेका छन्।नेपालमा उत्पादन हुने विजुलीका लागि बाटो (ट्रान्समिसन लाइन) अडानी पावरले बनाउने र खपत बंगलादेशले गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। जलविद्युत निर्माणमा बंगलादेशी कम्पनीले लगानी गर्नेछ।

यसका लागि निफ्रा र अडानीसँगै बंगलादेशको कम्पनीसँग पनि साझेदारी हुने पक्का भएको छ। तीन देशका तीन वटै कम्पनीले यो परियोजना अगाडि बढाउन सेयर लगानी गरेर संयुक्त कम्पनी खोल्ने छन्।

प्रतिक्रिया