काठमाण्डौ - साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से ८ अंक भन्दा धेरैले घटेको छ ।
यो सँगै समग्र नेप्से ३१७२ बिन्दुमा झरेको छ । आज यो सेसनमा १४५ कम्पनीहरूको करिब १८ करोड हाराहारीमा कारोबार भएको छ ।
कारोबार भएका मध्य ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ साथै ३२ कम्पनीहरूको भने यथावत रहेको छ ।
आज बजारमा लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै बीमा र फाइनान्स सेक्टरमा बिक्री चाप परेको छ ।