काठमाडौं - शेयर बजारलाई बेवास्ता गरेको आरोपमा नेताहरू बिरुद्द "नो भोट" अभियान चलाएर सबैको ध्यान तानेको लगानीकर्ताहरुले नयाँ अभियान "एक प्रश्न"चलाउने भनेका छन् ।
यस अघि पूँजीबजार विरोधी नेताहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।
सो अभियान पश्चात लगानीकर्ताले अब सरकारलाई दवाव स्वरुप हरेक दिन एक प्रश्न अभियान सञ्चालन गर्न लागेका हुन् । दोस्रो अभियान अन्तर्गत लगानीकर्ताले सामाजिक सञ्जालमा हरेक दिन आफ्नो प्रोफाइल तस्विर र कभर तस्विरमा प्रश्नको तस्विर राख्ने भएका छन् ।