काठमाडौं । नेप्सेमा कारोबार भइरहेका आकर्षक लाभांस घोषणा गरेका केही कम्पनीहरूको लाभांस पाउन अझ शेयर धनी बन्ने अवसर बाँकी रहेको छ । अर्थात् कम्पनीको बूक क्लोज मिति आइसकेको छैन ।
गत आर्थिक वर्षको कमाईबाट बोनस घोषणा गरेका केही लघुवित्तको शेयर धनी बन्ने अवसर समेत बाँकी रहेको छ । ४५ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये अधिकांश लघुवित्तको वार्षिक सधारण सभा समेत सम्पन्न भइसकेको छ ।
लाभांश घोषणा गरिसकेकामध्ये ४१ वटा लघुवित्तले साधरण सभा सम्पन्न गरेका छन् भने साधारण सभाबाट लाभांश समेत पारित गरिसकेका छन् । तर अझै ४ वटा लघुवित्तको साधरणसभा हुन बाँकी रहेको छ । वार्षिक साधारणसभा हुन बाँकि रहेको हुँदा यी ४ वटा लघुवित्तको शेयर नेपाल नेप्सेमा खरिद गर्दा लाभांश पाइने भएको छ ।जीवन विकास, आरम्भ चौतारी, नयाँ सारथी र किसान लघुवित्तले साधरणसभा प्रयोजनार्थ बुकक्लोज गर्ने निर्णय हालसम्म गरेका छैनन् । जीवन विकास लघुवित्तको ७३.६८, आरम्भ चौतारीको २१, नयाँ सारथीको २० र किसान लघुवित्तको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्
जीवन विकासले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँको २१ प्रतिशत बोनस शेयर अर्थात ६ करोड २ लाख २० हजार २६१ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको फागनु १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।