काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो।
अदालतले आदेशमा पौडेलको संलग्नता तत्काल उपलब्ध प्रमाणबाट पुष्टि नभएको, आरोपबारे उनले इन्कारी बयान दिएको तथा दीपक भट्टसँग वित्तीय कारोबार गरेको वा त्यसबाट कुनै सम्पत्ति अथवा आर्थिक लाभ लिएको प्रमाण नदेखिएको उल्लेख गरेको छ।
यी आधारका कारण विशेष अदालतले पौडेललाई साधारण तारेखमा रिहा गर्दै मुद्दाको सुनुवाइ नियमित प्रक्रियाअनुसार अघि बढाउने आदेश दिएको हो।