अब २२ हजारमात्र मत गन्न बाँकी, बालेनको मत ५४ हजारमाथि

काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ । अब मात्र २२ हजार मत गणना गर्न बाकी रहेको छ । 

आज बिहान सार्वजनिक भएको पछिल्लो मतपरिणाम बालेनले ५४७१८ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले ३३९३४ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले ३४६०८ मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा करिब २०११० धेरै मतले अघि रहेका छन् । 

 

प्रतिक्रिया