पुँजी बजार फोरमका अध्यक्ष पौडेलले भने– ‘शेयर बजार ऋणमुक्त बनाऔं’


काठमाडौं–नेपाल उद्योग वाणिज्य संघ अन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले शेयर बजारलाई ऋणमुक्त बनाउनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शेयर कर्जामा कडाई गर्ने नीतिका कारण शेयर बजारमा गिरावट आइरहेका बेला शेयर बजारका ठूला खेलाडी पौडेलले ऋण मुक्त पूँजी बजार बनाउनु पर्ने बताएका छन् ।


ऋण लिएर शेयर बजारमा लगानी गरिरहेको अवस्थामा पौडेलले सामाजिक सञ्जालमा ‘ऋण मुक्त पूँजी बजार दोष मुक्त लगानीकर्ता’ हुनुपर्ने धारणा राखेका छन् । पौडेलले भनेका छन्, ‘आउनुहोस पूँजी बजारका लगानीकर्ताहरु हामी ऋणमुक्त पूँजी बजारको निर्माण गरौं। नत हामीलाई बजेट भाषणको डर नत तरलता नत ब्याज दर नत मौद्रिक नीति ।’ ऋणमुक्त शेयर बजार भए अन्य बाहिरी विषयले प्रभाव नपर्ने बताएका छन् ।


पौडेलले सबै पैसा शेयर बजारमा गयो अर्थतन्त्र यसैले चौपट बनायो भन्नेलाई कटाक्ष पनि गरेका छन् । पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ,–‘हामी कृषि प्रधान देश दाल, चामल,तरकारी, फलफूल, माछा मासु सबै भन्दा बढी आयात गर्न ऋण अनी डलर खर्च गर्छौं, हाम्रा उत्पादन सडक÷ बारीमा कुहाउँछौं। हरीयो बन नेपालको धन भन्छौ काठ र काठजन्य वस्तु आयात गर्न ऋण दिन्छौं अनि डलर खर्च गर्छौं तर हाम्रा हजारौं रुख जंगलमै कुहाउँछौ । हामी विश्वको गरीव देश मध्ये एक ,सबै भन्दा महँगा गाड़ी, सबै भन्दा महँगा रक्सी र विलासिताका सामग्री आयात गर्न ऋण दिन्छौ अनि डलर खर्च गर्दछौं अनि अरबौको ऋण वृद्धि गर्छौं र व्यापार घाटा बनाउँछौं ।’ 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय