नेपाली कांग्रेसका दुई युवा नेताहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । छ जनाबीच दुई जनाका लागि भएको प्रतिस्पर्धामा गगन लोकप्रिय मतसहित पहिलो र विश्वप्रकाश दोस्रो स्थानमा रहँदै महामन्त्री बन्न सफल भएका हुन् ।
गगन र विश्वप्रकाशबीच हजार बढी मतको फरक पर्दा विश्वप्रकाश र तेस्रो स्थानमा रहेर पराजित भएका डा. प्रकाशशरण महतबीच पनि भारी अन्तरको फरक परेको हो । प्रदीप पौडेल चौथो, डा. मिनेन्द्र रिजाल पाँचौं तथा डा. राजाराम कार्की छैटौं भए । राजारामले सय मत पुर्याएका छन् । केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक बाँकी छ ।
महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा उत्रिएका थिए ।
शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार भएका थिए । यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका थिए । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भएका थिए ।