प्रचण्डले फेरी भने म शेयर बजार विरोधी होइन

काठमाण्डौ । केहि दिन अघि शेयर बजारसँग सम्बन्धीत दिएको अभिब्यक्तिको चर्को आलोचना भएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र आफ्नो पार्टी लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट पारेका छन्।


आज एक प्रेस वक्तव्य जारी गरी सो कुरा प्रष्ट पारेका हुन्। ‘आजको पूँजीवादको चरित्रबार मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु’ वक्तव्यमा भनिएको छ।

साथै उनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति भएको कुरा शतप्रतिशत झुटो भएको बताउँदै केपी ओलीलाई सो कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्नु चुनौती दिएका छन्।

प्रतिक्रिया