४/१२ ले १ प्रतिशत लगानीकर्तालाई मात्र असर गर्ने हो,भोलिबाट बजार माथि जान्छ

काठमाडौं - केही समयदेखि राष्ट्र बैंकको मौद्रिक नीति मार्फत लगाएको शेयर धितो कर्जाको सीमाको विषयलाई अनावश्यक उचालिएको छ । नयाँ लगानीकर्ता मैत्री भएपनि यसैलाई आधार बनाएर धेरैले बजार घटाएको प्रस्ट बुझ्न सकिन्छ । 

आफ्नो मौद्रिक नीति मार्फत राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १२ करोड कायम गर्यो । त्यो पनि ३ बैंकबाट लिनु पर्ने गरी । नेपाल यस सीमालाई करिब २ सय ठूला लगानीकर्तालाई असर गर्यो । ऋण व्यवस्थापनको लागि बजारमा शेयरको सप्लाई आयो जसले गर्दा बजार ३२ सयको बिन्दुबाट २४ सयको विन्दु सम्म आयो । 

नेपालमा शेयर धितो कर्जा लिनेको संख्या ८ हजार भन्दा केही धेरै रहेको र १ खर्ब ४ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । शेयर धितो कर्जा लिनेको सङ्ख्या अहिल शेयर बजारमा रहेका कुल लगानीकर्ताको १ प्रतिशत मात्र हो । यसको अर्थ हो कि शेयर धितो कर्जाको प्रभाव केवल १ प्रतिशत भन्दा कमलाई पर्ने हो त्यसैले पनि शेयर बजार अब  घट्नु पर्ने कुनै कारण छैन । 

शेयर धितो कर्जाको असर बजारले पचाइसकेको जानकारहरूको भनाइ छ तर नयाँ लगानीकर्तालाई यसैको डर देखाएर बजारमा खेल्नेहरुले यसलाई अझ उचाल्ने निश्चित छ । 

शेयर बजारको बजारमा मौद्रिक नीतिले अरु कुनै असर गर्ने कुरा नभनेको हुँदा आईतबारबाट बजार बढ्ने धेरैको अनुमान छ । 

प्रतिक्रिया