राष्ट्रिय सुरक्षा परिषद् बैठक आज, सुनसरी घटनाबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न बैठक आह्वान गरेका हुन्।

बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ। बैठकमा सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा अवस्था, त्यसको प्रभाव तथा देशभरको शान्ति–सुरक्षा परिस्थितिबारे विस्तृत छलफल हुने जनाइएको छ।

नेपालको संविधानको भाग २८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। परिषद्को सदस्य सचिवका रूपमा रक्षा सचिवले जिम्मेवारी निर्वाह गर्छन्।

राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार र उपकरणसम्बन्धी नीति तर्जुमा गर्ने तथा राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी विषयमा सरकारलाई आवश्यक राय–सल्लाह दिने संवैधानिक जिम्मेवारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय