काठमाण्डौ । साताको दोस्रो दिन पिओपन सेसनमा नेप्से करिव १ अंकले बढेको छ । योसँगै समग्र बजार ३१२६ विन्दुमा पुगेको छ ।
आइतबार पनि ५६ अंकले घटेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज ६२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जसमध्य १९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ११ कमपनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज पनि धेरै गुमाउने शेयर धनिहरुमा जलविद्युत कम्पनीका शेयर धनीहरु रहेका छन । आज एक करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।