काठमाण्डौ । आज अन्तराष्ट्रिय महिला दिवस । सरकारले देशै भरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सार्वजनिक बिदासँगै मंगलबार पनि शेयर बजार बन्द हुने भएको छ । अघिल्लो हप्ता समेत २ दिन सार्वजनिक बिदा भएको कारण शेयर बजारमा केबल ३ दिन मात्र कारोबार भएको थियो ।
वि.सं. २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई 'अन्तर्राष्ट्रिय नारी दिवस'को रूपमा मनाउन थालेको बताइन्छ।
२०३४ सालबाट पारिजातको संयोजकत्वमा गोप्य रूपमा 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस' मनाएको बताइन्छ।
नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आमनागरिक तहमा मनाउन थालिएको चार दशक भएको बताउँछिन्।श्रम कानुन ०७४ (दफा ४१) ले 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस'को रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस'को रूपमा ८ मार्च मनाउने निर्णय गरेको बताइन्छ।