सिरहा झडपमा गोली लागेका १५ वर्षीय किशोरको मृत्यु

  1. सिरहामा कर्फ्युबीच एक किशोरको मृत्यु, सुरक्षाकर्मी परिचालन

सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा निधन भएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले गणेश यादवको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए।

घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ। प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

प्रशासनका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ भने क्षेत्रको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय