आईपीओ बाँडफाँड गरेको सामलिङ्ग पावरको शेयर कारोबार अर्को साता


काठमाण्डौं– सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ। 


सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ ।  यदि नेप्सेमा आउँदो बुधबारभित्रै यो कम्पनीको आईपीओ सूचीकरण भएमा अर्को साताबाटै सेयर कारोबारमा आउन सक्ने सम्भावना रहेको छ । किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ । 


सामलिङ्ग पावरले गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत कात्तिक १६ गते भएको थियो ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय