साताको पहिलो दिन प्रिओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.८४ अंक घटेर २४४९.९७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.३१ अंक घटेर २४४८.६६ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ११ कम्पनीको २४ लाख ३३ हजार ७५८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २७३ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ।


प्रतिक्रिया