सरकारले आज निर्वाचन मिति घोषणा गर्दै,शेयर बजारमा सकारात्मक प्रभाव पर्ने

काठमाडौं - सरकारले आज निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको छ । निर्वाचन आयोगले सहमति दिएको जेठ ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको तयारी रहेको छ । 

आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री निकट नेताले बताउँदै आएका छन् । आज मिति घोषणा पछि देश विधिवत् चुनावी माहोल प्रवेश गर्ने छ । 

जेठ ५ गते स्थानिय निकायको पदावधि सकिँदै छ । स्थानिय निकायलाई खाली राख्न नहुने धेरैको दबाबपछि सरकार समयमै चुनाव गर्न राजी भएको हो । 

 

चुनावको शेयर बजारमा प्रभाव 

२ साता अघि बजार ओरालो लाग्नुमा समयमै निर्वाचन नहुने हल्ला प्रमुख कारण रहेको कतिपयले जिकिर गर्दै आएका थिए । साथै आईतबार र मंगलबार बजार एक्कासी बढ्नुमा पनि चुनावको विषय जोड्ने गरिन्छ । 

समयमा चुनाव हुने भएपछि त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा पर्ने र नेप्से राम्रो अंकले बढ्ने धेरैको विचार छ । 

यस अघिका चुनावको समयमा पनि शेयर बजारमा राम्रो रौनक आएको देख्न सकिन्छ । यो पटक पनि त्यो दोहोरिने लगानीकर्ताको विश्वास छ । चुनाव र शेयर बजार बीच सकारात्मक सम्बन्ध रहेको लगानीकर्ताको भनाइ छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय