रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष समावेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्ने ५७ जनाको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले उक्त नामावली स्वीकृत गरेको जानकारी पार्टी प्रवक्ता मनिष झाले दिएका हुन्।

उनका अनुसार समानुपातिक कोटामा ४८ महिला र ९ पुरुषलाई समावेश गरिएको छ। विभिन्न समुदायका आधारमा खस–आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ तथा मुस्लिम समुदायबाट ३ जनाको नाम चयन गरिएको पार्टीले जनाएको छ।

रास्वपाले तयार पारेको उक्त नामावली आजै निर्वाचन आयोग मा बुझाइने बताइएको छ। आयोगले सूचीको रुजु तथा स्वीकृति दिएपछि मात्र कुन क्लस्टरबाट को–को सांसद बन्नेछन् भन्ने विवरण सार्वजनिक गरिने प्रवक्ता झाले बताए।

प्रतिक्रिया