काठमाडौं — पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी विषयमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो। प्रहरीको अनुसन्धान सम्पन्न भएपछि करिब एक महिनाअघि उक्त प्रतिवेदन सरकारी वकिलको कार्यालय, पर्सालाई बुझाइएको थियो।
सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययनपछि लामिछानेसहित २९ जनामाथि अभियोगपत्र दर्ता गरेको हो।