बैंकमा तरलता सहज बन्दै,कति छ सिडी रेसियो ?

काठमाडौं । दशैंपछि बैंकहरुको निक्षेप संकलन घटको छ । एक सातामा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा गिरावट आएको हो ।

नेपाल बैंकर्स संघका अनुसार असोज तेस्रो सातामा बैंकहरुको निक्षेप संकलन ७ अर्ब ९९ करोड रुपैयाँले घटेको हो । असोज १४ गते ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन असोज २१ गतेसम्म भने घटेर ४५ खर्ब ११ अर्ब कायम भएको छ ।

उक्त अवधिमा कर्जामा पनि गिरावट आएको छ । असोज तेस्रो सातामा कर्जा प्रवाह ४ अर्ब ७२ करोड रुपैयाँले घटेको हो । योसंगै असोज २१ गतेसम्म बैंकले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । बैंकहरुले असोज १४ गतेसम्म भने ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

संघका अनुसार २१ गतेसम्म बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ८७.२५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया